News

साझा प्रकाशनका अध्यक्ष डोलन्द्र शर्मा बर्खास्त

साझा प्रकाशनका अध्यक्ष डोलन्द्र शर्मा बर्खास्त

काठमाडौं । शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट बर्खास्त गरेको छ । शर्मालाई आइतबारबाटै लागू हुने गरी मन्त्रीस्तरीय निर्णयबाट बर्खास्त गरिएको हो ।

‘साझा प्रकाशनको सञ्चालक समितिको सदस्यता अन्त्य गरी अध्यक्ष पद र महाप्रबन्धकबाट पदमुक्त गरिएको छ’ मन्त्रालयको निर्णयमा भनिएको । शमालाई यसअघि दुई पटक स्पष्टीकरण सोधिएको थियो ।

तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले २०७१ सालमा शर्मालाई महाप्रबन्धक नियुक्त गरेकी थिइन् ।

कान्तिपुर

विशेष