News

बाटोमै हराए सात हजार कर्मचारी

बाटोमै हराए सात हजार कर्मचारी

काठमाडौं । स्थानीय तहमा खटिएका कर्मचारी कार्यालयमा नपुगेपछि उनीहरुको खोजी गर्न सरकारले आइतबार उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।

प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा सामान्य प्रशासन मन्त्रालयका उपसचिव र महालेखा नियन्त्रक कार्यालयका उपसचिव सदस्य रहेको अनुगमन टोली गठन गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार सरकारले विभिन्न मन्त्रालय र निकायमा १२ हजारभन्दा धेरै कर्मचारी खटाए पनि करिब ५ हजार कर्मचारी मात्र कार्यालयमा पुगेका छन् ।

बाँकी ७ हजार कर्मचारी कहाँ छन् । सम्बन्धित सरकारी अधिकारीलाई कुनै जानकारी छैन ।

अन्नपूर्ण

विशेष