News

सांग्रिला होटल अगाडि बम भेटियो, सेनाद्वारा निस्कृय

सांग्रिला होटल अगाडि बम भेटियो, सेनाद्वारा निस्कृय

काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि राखिएको बम निस्कृय पारिएको छ । आइतबार राती ९ बजेतिर निलो झोलाभित्र अज्ञात समूहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो ।

बम राखिएको फेला परेपछि प्रहरीले आसपासको क्षेत्र सिल गरेर सेनाको टोलीलाई खबर गरेको थियो । सो सुतली बम भएको र सेनाले निष्कृय पारेको प्रहरीले जनाएको छ । बम भेटिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित भएका थिए ।

सर्वसाधारण नागरिकलाई आतंकित पार्न कसैले बम राखेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । बम राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विशेष