News

वनस्थलीमा बसको ठक्करबाट युवतीको मृत्यु

वनस्थलीमा बसको ठक्करबाट युवतीको मृत्यु


काठमाडौं । काठमाडौंको वनस्थली चोक नजिकै ना ५ ख ६६४६ नम्बरको बसले बा ७२ प ७८६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडी सवार सल्यान दामाचोक घर भएकी २३ वर्षिया प्रमिला बलामीको गम्भिर घाइते भई उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा आइतबार नै मृत्यु भएको ट्राफिक महाशाखाले जनाएको छ ।

बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष