News

नेपाली सेनाले बिजया दशमीको दिन ८ वटा रुटमा निशुल्क सेवादिने (यी हुन रुट)

नेपाली सेनाले बिजया दशमीको दिन ८ वटा रुटमा निशुल्क सेवादिने (यी हुन रुट)

काठमाडौं । नेपाली सेनाले असोज १४ गते बिजया दशमीका दिन काठमाडौं उपत्यका निशुल्क बस सेवा संचालन गर्ने भएको छ ।

सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पु¥याउने उद्धेश्यले उक्त दिन निम्न ८ वटा रुटहरुमा विहान साढे ६ बजे, ११ बजे र ४ बजे भद्रकालीबाट ३० सिट क्षमताको १–१ वटा बस निःशुल्क सञ्चालन गर्ने  छ ।

यी हुन् रूट

(क) रुट नं.१ भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।
(ख) रुट नं.२ भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर ।
(ग) रुट नं.३ भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली ।
(घ) रुट नं.४ भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।
(ङ) रुट नं.५ भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।
(च) रुट नं.६ भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।
(छ) रुट नं.७ भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।
(ज) रुट नं.८ भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

त्यस्तै बडादशैंमा घर बिदामा जाने सेना र तिनिहरुका आश्रित परिवारलाई असोज ०५ गतेबाट १२ गतेसम्म काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ्ग, रामेछाप, पोखरा, बुटवल, गोरखा, सिन्धुली, चौतारा, हेटौडा, नारायणगढ, सिराहा–राजविराज, कोहलपुर–सुर्खेत र त्रिशूलीसम्म जाने र आउने गरी निःशुल्क बस सेवा सञ्चालन भईरहेको छ ।

उक्त बसहरु सम्बन्धित स्थानबाट प्रत्येक दिन विहान छुट्ने र प्रति सैनिक व्यक्ति (परिवारसहित) बढीमा ५ जनाले सुविधा लिन पाउने व्यवस्था मिलाईएको छ ।

विशेष