News

८४ वर्षाीया वृद्धा जसले उपचारको नाममा सिटामोल पनि खाएकी छैनन्

८४ वर्षाीया वृद्धा जसले उपचारको नाममा सिटामोल पनि खाएकी छैनन्

बझाङ । “आफूलाई त खाना नभए पनि एक दुई छाक समस्या हुँदैन तर तमाखु भने नभई हुँदैन ।” 

दुर्गास्थली गाउँपालिका– ५ की फाउरी जप्रले यसै भन्छिन् । उमेरले ८४ वर्ष पुगेकी उहनी तमाखुको धुवाँँसँगै रमाउने गरेकी छिन् । बाल्यकालमै कतिखेर तमाखुको लत बस्यो उनलाई थाहा छैन । चुरोट र बिंडी भने आफूले कहिले नखाएको उनको भनाइ छ । तीन छोरा र दुई छोरीकी आमा सुल्पा बज्यैका सात नातिनातिना छन् । “सँगैका सबै साथीसहेली रोग लागेर मरिसके मैले भने उपचारको नाउँमा एक चक्की सिटामोलसमेत खाएको छैन”, उनले फूर्तिसाथ भनिन् ।

घरमा अरु कसैले तमाखु खाँदैन । अब बूढेसकालमा तमाखु खान नपाइने हो कि भन्ने डर उनलाई छ । उनी भन्छिन्, “हाम्रो पालामा त तमाखुमा आगो निकाल्न सक्ने र एकै सासमा सुल्पाको तमाखु सिध्याउने बाजीसमेत हुन्थ्यो ।”

उनीजस्तै अर्की जुना जप्रेलको पनि तमाखु नै जीवन सहारा भएको छ । “उमेर छँदै श्रीमान् बिते, दुई महिनाको दूधे बालक छोडेर अर्को विवाह गर्न सकिन, लागेको चिन्ता हटाउन तमाखु खान थालेँ अहिले लत नै बसेको छ”, उनी भन्छिन् । उनका छोरा अहिले ४३ वर्षको भए । चार नातिनातिनि पनि छन् । उनले ५८ वसन्त पार गरिन् ।

“तमाखुको पाग निकाल्न जंगलको मेल र गुडसँगै तिखे तमाखु मिसाउँदा बास्ना नै अर्को आउने हुन्छ ”, उनी भन्छिन् । साथीसङ्गीसँग मेलापात र गाईबाख्रा चराउन जंगल जाँदा लहैलहैमा तमाुख खान सिक्नुभएकी उनको अहिले तमाखु तान्ने बानी नै भएको छ ।

विश्वमा धूमपानले दैनिक १० हजार व्यक्तिको ज्यान जाने र विभिन्न रोग लागेर रोगको शिकार हुने गरेको विश्व स्वास्थ्य तथ्यांकले देखाए पनि बझाङमा भने बालबालिकादेखि वद्धवृद्धाले धूमपान गर्ने गरेका छन् ।

paracetamol

विशेष