News

विरोधकाबीच राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि हट्यो

विरोधकाबीच राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि हट्यो

काठमाडौं । बहुसंख्यक कर्मचारीको विरोध र वित्तीय सुधारको मर्मविपरीत राष्ट्र बैंक व्यवस्थापनले ३० वर्षे सेवा अवधि हटाएको छ ।

वित्तीय सुधारको काम अझै पुरा भइनसकेकाले ३० वर्षे सेवा अवधि हटाउन नहुने भन्दै चौतर्फी दबाब भए पनि व्यवस्थापनले एक पक्षीय ढंगले उक्त व्यवस्था हटाएको हो ।

लोकसेवा आयोगको सामान्य सिद्धान्तअनुसार कर्मचारी विनियमावली संशोधन गर्ने निहुँमा सीमित कर्मचारीको स्वार्थका लागि ३० वर्षे सेवा अवधि हटाएर ५८ वर्ष उमेरहद मात्र कायम गरेको राष्ट्र बैंक स्रोतले बताएको छ ।

कान्तिपुर

विशेष