News

आफैले सिल गरेको पसल खोल्न मन्त्री कै निर्देशन

आफैले सिल गरेको पसल खोल्न मन्त्री कै निर्देशन

काठमाडौं । उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबामार्गका विभिन्न व्यवसायीक फर्मलाई बिनाकारबाही छोडिएको भन्दै उपभोक्तावादीले विरोध जनाएका छन् ।

मन्त्री र उनीनिकट व्यक्तिले चलखेल गरेर व्यवसायीक फर्मलाई उन्मुक्ति दिएको उनीहरुको आरोप छ । आपूर्ति मन्त्री शिवकुमार मण्डल र आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको टोलीले २० दिन अघि अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पाइएपछि ती फर्ममाथि सिल गरिएको थियो ।

मन्त्री मण्डलले ती फर्मलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने प्रतिवद्धता जनाए पनि कारबाहीबीनै सोमबारदेखि सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

अन्नपूर्ण

विशेष