News

प्रधानमन्त्री देउवालाई ओमन सरकारद्वारा गार्ड अफ अनर

प्रधानमन्त्री देउवालाई ओमन सरकारद्वारा गार्ड अफ अनर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।

संयुक्त राष्ट्र संघको ७२ औं महासभामा भाग लिई स्वदेश फर्कने क्रममा प्रधानमन्त्री देउवा संयुक्त अरब इमिरेट्स युएईको अबुधाबी हुँदै सोमबार ओमन आइपुग्दा विमानस्थलमा रोयल ओमन प्रहरीले गार्ड अफ अनर अर्पण गरेको हो ।

प्रधानमन्त्री देउवाको ओमनको तीन दिने कार्यक्रमलाई त्यहाँको सरकारले औपचारिकता दिएको छ । उनलाई मस्कट विमानस्थलमा ओमनका उपप्रधानमन्त्री सइद फहद महुद अल–सइद, ओमन सरकारका पाँच मन्त्री, नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुलीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री देउवाको सम्मानार्थ ओमन सरकारले रात्रिभोजको आयोजना पनि गरेको थियो । प्रधानमन्त्री देउवाले बुधबारसम्म ओमनमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली दूतावासले जनाएको छ ।

विशेष