News

गोरखाबाट हिडाँइयो फूलपाती, हनुमानढोकाको दशैंघरमा भित्र्याइने

गोरखाबाट हिडाँइयो फूलपाती, हनुमानढोकाको दशैंघरमा भित्र्याइने

काठमाडौं । आज फूलपातीको दिन काठमाडौंको हनुमानस्थित दशैं घरमा भित्र्याउन गोरखा दरबारबाट फूलपाती लगिएको छ ।

गोरखा पर्यटन विकास केन्द्र र गोरखा दरबार हेरचाह अड्डा, एकता युवा क्लब र गोरखा मल्टि(ट्यालेन्ट ग्रुपको समन्वयमा बाजागाजासहित डोलीमा राखेर फूलपाति लगिएको हो । फूलपाति चौताराबाट बा१झ ६५४८ नम्बरको जिपमा राखेर काठमाडौंतर्फ लगिएको हो ।

हरेक वर्ष फूलपातीको दिन गोरखा दरबारबाट लगिएको फूलपाती हनुमानढोकामा भित्र्याउने परम्परा छ । पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गरेर राजधानी कायम गरेसँगै गोरखा दरबारबाट फूलपाति लैजाने क्रम सुरु भएको हो ।

उक्त फूलपाती काठमाडौं र्पुयाएर जमलदेखि हनुमानढोकासम्म निजामति सेवाका उच्चपदस्थ अधिकारीहरु, सेनाको ब्यान्डबाजा, पञ्चैबाजासहित शोभायात्रा गरिने चलन छ ।

आजकै दिन परम्पराअनुसार दुर्गा भवानीको प्रतिमा राखिएको गोरखा दरबारको दशैं घरमा फूलपातीको शुभसाइत पारेर उखु, अदुवा, केराको बोट, धानका बाला, बेलपत्र, दारिम, जयन्ती, ओकको फूल तथा नयाँ पालुवा भित्र्याइन्छ ।

यसपटक गोरखा दरबारको फूलपाती चितवन पनि लगिएको छ ।

fulpati

विशेष