News

गौतमलाई प्राधिकरणबाट हटाइयो, चौबिस घण्टे स्पष्टिकरण माग

गौतमलाई प्राधिकरणबाट हटाइयो, चौबिस घण्टे स्पष्टिकरण माग

काठमाडौं । निर्वाचन आयोगसँग सहमति नै नलिइ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई निर्वाचन आचारसंहिताविपरीत मन्त्रालयमा कामकाज गर्नेगरी तोक्ने पदाधिकारीहरूलाई आयोगले स्पष्टीकरण माग गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गरी आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २४ घन्टे स्पष्टीकरण माग गरेको हो । आगामी मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा गएको भदौ १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा निर्वाचन आयोगको सहमतिबिना नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमलाई त्यस मन्त्रालयमा कामकाज गर्नेगरी तोकिएकोे विषय आचारसंहिताविपरीत भएको भन्दै काजमा तोक्ने पदाधिकारीहरूलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएको छ ।

विशेष