News

रहेनन् बासुदेव मुनाल

रहेनन् बासुदेव मुनाल


काठमाडौं । रेडियो प्रस्तोता बासुदेव मुनालको निधन भएको छ । रेडियो नेपालबाट प्रस्तुत हुने बाल कार्यक्रम मार्फत परिचित रेडियोकर्मी मुनालको आज सांझ क्यान्सर रोगका कारण निधन भएको हो ।

घाँटीको क्यान्सरबाट ग्रसित मुनालको भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको होे । ११ वर्ष अघि उहाँको लडेर ब्रेन ह्याम्ब्रेज समेत भएको थियो । विराटनगरमा २००६ सालमा जन्मिएका मुनालले रेडियो नेपालमा ४ दशक बिताएका छन् ।

पानी खाने निहुंले तिम्रो घरमा आउँला, लालुपाते फुलेर लाल भयो, बाँसुरीको धुनमा मादलुको तालमा, झम झम इष्टकोट लगायत गीत चर्चित छन् ।

 

विशेष