विदेश

१ सय पाँच दिन बन्द रहेको दार्जीलिङ खुल्यो

१ सय पाँच दिन बन्द रहेको दार्जीलिङ खुल्यो


काठमाडौं । छुट्टै गोर्खाल्यान्ड राज्यको माग राखी सुरु भएको दार्जीलिङको आन्दोलन मत्थर भएको छ ।

केन्द्रीय गृहमन्त्री राजनाथ सिंहको अपिल लगत्तै दार्जीलिङ पहाडमा १ सय ५ दिनदेखि जारी बन्द एकाएक खुल्यो । गृहमन्त्री सिंहले वार्ताको आश्वासन दिँदै बन्द खुलाउन अपिल गर्नासाथ गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले बन्द खुलाउन आह्वान गरे ।

नेपालीहरुको चाड दशैंको सप्तमीदेखि दार्जीलिङको बन्द तत्काल १५ दिनलाई खुलेको छ । बन्द खुलेसँगै १ सय ५ दिनदेखि निस्सासिएको दार्जीलिङ र कालेबुङ पहाडमा चहलपहल बढेको छ ।

विशेष