News

पूर्वराजा ज्ञानेन्द्रको कडा अभिव्यक्ति, यस्तो आरोप लगाए राजनीतिक दललाई

पूर्वराजा ज्ञानेन्द्रको कडा अभिव्यक्ति, यस्तो आरोप लगाए राजनीतिक दललाई

काठमाडौँः विजया दशमीको उपलक्ष्यमा पूर्व राजा ज्ञानेन्द्र शाहले देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् ।

देश शान्त, सुस्थिर र सम्मानित भएको हेर्ने आफ्नो चाहना अझै पूरा हुन नसकेको भन्दै यसमा आफू दुखी भएको पनि सन्देशमा उल्लेख गरिएको छ । शुभकामना सन्देशमा भनिएको छ, ‘राष्ट्रिय स्वाभिमानसहितको प्रगति नेपाली जनताले चाहेको हो। दुई विशाल छिमेकी मित्र राष्ट्रहरूबीच रहेको सुन्दर नेपाल सेतु राष्ट्र हो ।

यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केही बाह्य शक्तिद्वारा स्रोत परिचालन गरी प्रहार हुँदै आएको अनुभव नेपाली जनतामा हुनु सुखद विषय हुँदै होइन।’ राज्यका सबै संयन्त्रहरूमा राजनीतीकरण भइरहेको असामान्य अवस्था रहेको भन्दै सन्देशमा पूर्व राजाले भनेका छन्, ‘राज्यप्रतिको विश्वास र भरोसामा ह्रास आउनु देशका लागि शुभसंकेत कदापि होइन ।

किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजीनीति हुनु आवश्यक भइसकेको छ ।’ दूरगामी महत्त्वका राष्ट्रिय मुद्दाहरूको निरूपण जनमतमार्फत् खोज्न हिचकिचाउनु नहुने र यस्तो व्यवहारलाई प्रजातन्त्रसम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन ? भनेर प्रश्न पनि गरेका छन् पूर्व राजाले। ‘संवैधानिक अंगहरूको निष्पक्ष भूमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहाँ पुर्‍याउँछरु’, बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पहुँच नभएका नेपालीले कुनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महसुस हुनुपर्ने जुन परिस्थिति बनाइएको छ, त्यसको जिम्मेवारी कसले लिने ।

विशेष