विदेश

यसकारण परिन थाई पूर्वप्रधानमन्त्री सिनावात्रा ५ वर्ष जेल

यसकारण परिन थाई पूर्वप्रधानमन्त्री सिनावात्रा ५ वर्ष जेल

काठमाडौं । थाईल्याण्डको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रालाई खाद्यन्न खरिद कार्यक्रममा रकम दुरुपयोग गरेको प्रमाणीत गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ ।

सिनावात्राको अनुपस्थितीमा अदालतले सो सजाय सुनाएको हो । अदालतले चामल खरिद योजनामा दोषी ठहर गर्दै सजाय सुनाएपनि सिनावात्रा देश बाहिर रहेकाले सजाय भोग्ने सम्भावना कम रहेको बीबीसीले उल्लेख गरेको छ ।

चामल खरिद योजनामा कम्तीमा ८ अर्ब अमेरिकी डलर सिनावात्राले दुरुपयोग गरेको भन्दै अदालतले दोषी ठहर गरेको हो । अदालतले अन्तिम फैसला गत अगस्टमा सुनाउने निर्णय गरेपनि सिनावात्रा उपस्थित नभएपछि फैसलाको मिति सारिएको थियो । अदालतले फैसला सुनाउनु अगावै सिनावात्रा दुबई गएको हुन सक्ने आशंका गरिएको छ । यसअघि समेत अदालतको वेवास्ता गर्दै सिनावात्रा अनुपस्थित भएपछि अदालतले पक्राउ पूर्जी समेत जारी गरेको थियो ।

सन् २०१४ मा सैन्य कु भन्दा अगाडी सिनावात्रालाई महाअभियोग लगाउँदै अपदस्थ गरिएको थियो । सिनावात्राले भने आफु माथि लागेको आरोपको खण्डन गर्दै आएकी छन् ।

 

विशेष