विदेश

मुम्बईको एक रेल्वे स्टेशनमा भागदौड, २२ को मृत्यु ३० घाइते

मुम्बईको एक रेल्वे स्टेशनमा भागदौड, २२ को मृत्यु ३० घाइते


मुम्बई । भारतको मुम्बईस्थित एउटा रेल्वे स्टेशनमा भागदौड मच्चिंदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

घटनामा कम्तीमा ३० जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमध्ये १८ जना पुरुष र चारजना महिला छन् । मध्य मुम्बईस्थित एल्फिन्सटन स्टेशनसँग जोडिएको एउटा आकासे पुलमा शुक्रवार बिहानको व्यस्त समयमा भागदौड मच्चिएको थियो ।

प्रत्यक्षदर्शीहरुका अनुसार ठूलो पानी परिरहेका बेला पुलमा मानिसहरुको भीड भएको थियो । रेल्वेका प्रवक्ता अनिल सक्सेनाले वर्षाका कारण ठूलो संख्यामा ओत लागेर बसिरहेका यात्रुहरु एकै पटक हिँड्न खोज्दा दुर्घटना भएको बताउँदै त्यसबारे छानबिन गरिने बताएका छन् ।

विशेष