News

सरकारसँग डाक्टरको कुरा मिल्यो, आन्दोलन फिर्ता

सरकारसँग डाक्टरको कुरा मिल्यो, आन्दोलन फिर्ता


काठमाडौं । सरकारस“ग सहमति भएपछि नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएको छ ।

सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुको सुरक्षाको ‘ग्यारेण्टी’ गर्ने लिखित प्रतिबद्धता जनाएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको रोहबरमा चिकित्सक संघ र सरकारी पक्षबीच आज बालुवाटारमा वार्ता भएको थियो । वार्तामा प्रधानमन्त्री देउवाले चिकित्सकको पूर्णसुरक्षाका लागि जस्तोसुकै कदम चाल्ने प्रतिवद्धता जनाएको र मन्त्रिपरिषद्को निर्णय पनि सच्चिएर आएकाले आन्दोलन फिर्ता लिएको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए ।

उपचारको क्रममा कुनै बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति स्वयं चिकित्सकले दिनुपर्ने सरकारको निर्णयविरुद्ध डाक्टरहरुले असोज दुईदेखि देशभरका अस्पताल, क्लिनिक र नर्सिङहोम बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बञ्चित भएपछि आन्दोलन फिर्ता लिन संघलाई दबाब बढेको थियो । चिकित्सकहरुको मागअनुसार यसअघि नै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ संशोधन गर्ने प्रतिवद्धता जनाएको थियो ।

विशेष