विदेश

अमेरिकी राष्ट्रपति ट्रम्प एसियाली मुलुकको ११ दिने भ्रमणमा निस्कने

अमेरिकी राष्ट्रपति ट्रम्प एसियाली मुलुकको ११ दिने भ्रमणमा निस्कने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली मुलुकको ११ दिने भ्रमणमा निस्कने भएका छन् ।

आगामी नोभेम्बरमा गरिने भ्रमण मुख्यगरी उत्तर कोरियाले लगातार गरेको परमाणु परीक्षणले निम्त्याएको संकटकाबारेमा केन्द्रित रहने जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले जापान, चीन, दक्षिण कोरिया, भियतनाम, फिलिपिन्स, र अमेरिकी राज्य हवाईको भ्रमण गर्नेगरी कार्यतालिका तय भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

उत्तर कोरियाबाट लगातार बढिरहेको चुनौती सामना गर्नेबारेमा ट्रम्पको भ्रमणकेन्द्रित हुने ह्वाइट हाउसले जनाएको हो ।

अन्तर्राष्ट्रिय आलोचनाकाबीच उत्तर कोरियाले लगातार ६ ओटा परमाणु परीक्षण गरेपछि यस क्षेत्रमा तनाव बढेको छ भने अमेरिका र दक्षिण कोरियाले प्रतिरक्षा प्रणाली विकास गरिरहेका छन् ।

विशेष