विदेश

अमेरिकी स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

अमेरिकी स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

काठमाडौं । सरकारी कामको सिलसिलामा महंगा निजी विमानहरुबाट यात्रा गरेकोमा व्यापक आलोचना भएपछि अमेरिकी स्वास्थ्यमन्त्री टम प्राइसले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले उनको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै ह्वाइट हाउसले डन जे राइटलाई कार्यवाहक स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको जनाएको छ।

ट्रम्पले प्राइसबाट आफू ‘निराश बनेको’ प्रतिक्रिया दिएका छन्। बीबीसीका उत्तर अमेरिका सम्पादक भन्छन्, राष्ट्रपति ट्रम्पले चुनावी अभियानका क्रममा दिएको सन्देश र उनका मन्त्रीबाट निजी विमानहरुको प्रयोगबीच तालमेल देखिंदैन।

विकल्प

विद्यमान नीतिहरुमा जोड दिंदै ह्वाइट हाउसका बजेट प्रमुखले उच्च अधिकारीहरुलाई समेत सरकारी कामको सिलसिलामा व्यापारिक विमानहरुबाट यात्रा गर्ने विकल्प एकदम थोरै भएको सन्देशसहित कर्मचारीहरुलाई पत्र पठाएका छन्। कामको सिलसिलामा महंगो यात्रा गरेको भन्दै ट्रम्पको मन्त्रिपरिषद्का अरु तीनजना सदस्य पनि निगरानीमा छन्।

विशेष