News

बस दुर्घटनामा ३२ जना घाइते

बस दुर्घटनामा ३२ जना घाइते

इनरुवा । सुनसरीको भोक्राहा गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवा–लौकही सडकखण्डमा आइतबार बस दुर्घटना हुँदा ३२ जना घाइते भएका हुन् । 

सप्तरीबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ८५८७ नम्बरको यात्रुबाहक बस साइकल यात्रीलाई जोगाउने क्रममा दुर्घटना भएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । 

घाइते भएकामध्ये नौजना जिल्ला अस्पताल इनरुवामा उपचार गराई घर फर्किएका छन् भने २३ जनालाई थप उपचारका लागि न्यूरो अस्पताल, विराटनगर स्थानान्तर गरिएको प्रहरी निरीक्षक शेषनाथ थन्दारले जानकारी दिए । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

sunsari

विशेष