विदेश

बेलायती राजकुमारी केट तेस्रो सन्तानकी आमा बन्दै

बेलायती राजकुमारी केट तेस्रो सन्तानकी आमा बन्दै

बेलायत । राजकुमार विलियमकी धर्मपत्नी केट (डचेज अफ क्याम्ब्रिज) गर्भवती भएकी छिन् । उनी गर्भवती भएको पुष्टि बेलायतको केन्सिङटन दरबारले गरेको हो । ’यस खबरबाट बेलायती महारानी तथा परिवारका सबै सदस्य हर्षित छन्,’ घोषणामा भनिएको छ ।

अधिकारीहरुले बेलायती राजकुमारी केटले  सोमबार हाइपरमेसिस ग्राभिडाररुम नामक ज्वरोबाटग्रस्त भएकाले आफ्ना नियमित काम गर्न सकिनन् । ’यसअघि २ पटक गर्भवती हुँदा पनि उनमा यस्तै लक्षण देखिएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

बेलायतकी महारानी एलिजावेथका जेठा नाती विलियम र नातिनी बुहारी केट दुई सन्तानका बाबु(आमा हुन् । उनीहरुका जेठा छोरा राजकुमार जर्ज ४ वर्षका भए भने कान्छी छोरी राजकुमारी चारलोट्टी २ वर्षकी भइन् । यो शाही दम्पत्तीले आफ्ना जेठा छोरा जर्जलाई बिहीबारबाट पहिलोपटक स्कुल पठाउने तयारी गर्दैछ ।

अब जन्मने बच्चा गद्दीको उत्तराधिकारीको सूचिमा पाँचौ स्थानमा हुनेछ। गद्दीको उत्तराधिकारीको सूचिमा अहिले विलियमका बाबु राजकुमार चाल्र्स पहिलो स्थानमा छन् । उनी महारानी एलिजावेथका जेठा छोरा हुन् । त्यसपछि महारानीका जेठा नाती विलियमको पालो आउनेछ विलियमपछि उनका जेठा छोरा राजकुमार जर्ज तथा त्यसपछि उनकी छोरी राजकुमारी चारलोट्टी छन् ।

विलियमका भाई राजकुमार ह्यारी यो सूचिमा अहिले पाँचौ स्थानमा छन् । विलियम र केटको तेस्रो सन्तान प्राप्तिपछि राजकुमार ह्यारी पाँचौ स्थानबाट छैटौं स्थानमा बिस्थापित हुनेछन् ।

विशेष