विदेश

यसकारण जापानी राजकुमारीले गुमाइन आफ्नो शाही सदस्यको हैसियत

यसकारण जापानी राजकुमारीले गुमाइन आफ्नो शाही सदस्यको हैसियत


काठमाडौं । जापानी सम्राटबाट अनुमति पाएपछि राजकुमारी माकोले शाही परिवार बाहिरका आफ्ना प्रेमीसँग विवाह गर्ने औपचारिक निर्णय गरेकी छन् । माकोले आफ्नो ’इन्गेजमेन्ट’को घोषणा गरेको जापानी राजपरिवार इम्पेरियल हाउसहोल्डले जनाएको छ ।

पछिल्लो निर्णयले उनले आफ्नो राजपरिवारको सदस्यको हैसियत भने गुमाउनेछिन् । जापानको एउटा विवादास्पद कानून अन्तर्गत शाही परिवारका महिला सदस्यहरुले सर्वसाधारणसँग विवाह गरे आफ्नो शाही हैसीयत गुमाउनेछन् तर पुरुष सदस्यहरुलाई त्यस्तो विवाह गर्न छुट रहेको छ । २५ वर्षिय राजकुमारी माको राजकुमार फुमिहितोकी जेठी छोरी हुन् ।

उनले विद्यावारिधि गरिरहेकी छन् र एउटा सङ्ग्रहालयमा अनुसन्धानकर्ता रुपमा काम गर्दै आएकी छन् । यो घोषणा जुलाइ महिनामा नै आउने अपेक्षा गरिएको थियो तर पश्चीम जापानमा वर्षाले विपद् निम्त्याएपछि योजना स्थगित गरिएको थियो ।

जापानको सार्वजनिक सञ्चार प्रदायक एनएचकेले उनीहरुको बिहे अर्को वर्ष हुने ठानिएको जनाएको छ ।

विशेष