News

बाढी पीडितलाई कान्तिपुरको एक करोड १४ लाख सहयोग

बाढी पीडितलाई कान्तिपुरको एक करोड १४ लाख सहयोग

काठमाडौ । कान्तिपुर फाउण्डेशनले बाढीपहिरो पीडितको राहतका लागि संकलित रु एक करोड १४ लाख ४१ हजार ३२ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले उक्त रकम हस्तान्तरण गरेका हुन्। फाउण्डेशनले बाढीपहिरा पीडितलाई राहत पु¥याउने उद्देश्यले ‘कान्तिपुर बाढी–पहिरो राहत कोष’ स्थापना गरी सो रकम संकलन गरेको थियो ।

फाउण्डेशनले रु ११ लाख राखेर स्थापना गरेको कोषमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक, नेपाल मेडिसिटी अस्पताल र प्रभु बैंकले प्रतिसंस्था रु ११ लाख सहयोग गरेका थिए। कोषमा जम्मा भएको बाँकी रकम सर्वसाधारणबाट संकलन भएको हो ।

विशेष