विदेश

अफगानिस्तानमा अपहरणमा परेका दुई रेडक्रस कर्मचारी अपहरणमुक्त

अफगानिस्तानमा अपहरणमा परेका दुई रेडक्रस कर्मचारी अपहरणमुक्त

काबुल (अफगानिस्तान) । सात महिना पहिले सहयोगका सामग्री लिएर जानेक्रममा अपहरणमा परेका दुई कर्मचारी मङ्गलबार रिहा भएका अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आइसिआरसी)ले जनाएको छ । 

राहतको सामान लिएर जाने क्रममा उत्तरी प्रान्त जोजजानमा अफगानी विद्रोही समूहले फेब्रुवरी ८ गते आक्रमण गर्दा राहत सामग्रीसहित गएका छ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने दुई रेडक्रस कर्मचारीलाई अपहरण गरिएको थियो । 

“ हाम्रा सहकर्मीको सात महिनापछि भएको सकुशल रिहाइले हामीले राहत महशुस गरेका छौँ साथै यसबाट हामीलाई राहत मिलेको छ,” अफगानिस्तानका लागि आइसीआरसी प्रमुख मोनिका जानरेलीले जारी गरेको एक विज्ञप्तिमा बताएका छन् । 

“उहाँहरूको अपहरण र छ जना सहकर्मीको हत्याले विशेष गरी पिडित परिवार, मित्रजन तथा साथै हामी सवैमा पीडा महशुस भएको थियो ।” 

आइसिआरसीले अपहरणकारीको पहिचान भने खुलाएको छैन । अफगानिस्तानको सवैभन्दा ठूलो विद्रोही समूह तालिवानले घटनामा आफ्नो सम्लग्नता नरहेको जनाएको थियो । प्रहरीले घटनामा आइएस विद्रोहीसँग आवद्ध रहेको स्थानीय विद्रोहीको सम्लग्नता रहेको बताउँदै आएको थियो । 

red cross

विशेष