News

आयल निगमले गुणस्तरहीन हवाई इन्धन बेचेको आरोप

आयल निगमले गुणस्तरहीन हवाई इन्धन बेचेको आरोप

काठमाडौं । नेपालमा उडान गरिररहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट बिक्री भइरहेको हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका छन् ।

खाडी मुलुक युनाइटेड अरब इमिरेट्स युएईको दुबईबाट उडान भर्दै आएको फ्लाई दुबई, सारजहाबाट उडान भर्दै आएको एयर अरेबिया, अबुधाबीबाट उडान भर्दै आएको इतिहाद एयरवेज र कतारको दोहाबाट उडान भर्दै आएको कतार एयरवेजले आयल निगमसँग खरिद गरिने हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका हुन् ।

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन आएटाबाट प्रमाणित तथा ती अन्तर्राष्ट्रिय वायुसेवामा आवद्ध अनुगमन निरीक्षकले नेपाल आएर निगमबाट बिक्री गरिने हवाई इन्धनको गुणस्तर नपुगेको प्रतिवेदन निगममा बुझाएका हुन् ।

प्रतिवेदन प्राप्त गरे पनि निगम व्यवस्थापनले समस्या समाधान गर्नुको सट्टा त्यसलाई पूर्ण रुपमा वेवास्ता गरेको  छ ।

नागरिक

विशेष