News

चाकडीमा माहिर अंगद सिंहको प्रचण्ड -गगन थापा कनेक्सन

चाकडीमा माहिर अंगद सिंहको प्रचण्ड -गगन थापा कनेक्सन

काठमाडौं । ललितपुरमा स्टेपिङ स्टोन चलाउँदै आएका दोहोरो नागरिकताधारी शंकास्पद व्यक्ति अंगद सिंह राजपा नेपालसँग आबद्ध भएको बुझिएको छ । सात वर्ष अघि भारतको नागरिकता त्यागेका यिनीसँग अहिले नेपालको राष्ट्रपति नै बन्न पाउने वंशजको नागरिकता छ । 

यी व्यक्ति संदिग्ध हुन् भन्ने कुरामा कुनै शंका नै भएन किनभने सम्बन्धित प्रमाण नै नेपाल आजले प्रकाशित गरिसकेको छ । प्राप्त जानकारीअनुशार यिनी राष्ट्रिय जनता पार्टी नेपालसँग आवद्ध छन् । तर आफ्नो स्वार्थ पूरा गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उनका छोरा प्रकाश, छोरी रेणुको चाकरीमा खटिन्छन् ।
उनीहरुसँग फोटो पनि खिचाउँछन् । र त्यस्तो तस्बीर सामाजिक सञ्जाल, फेसबुक आदिमा टाँस्छन् ।

त्यो भन्दा पनि महत्वपूर्ण त के छ भने यिनी कांग्रेसका नेताहरुको पनि चाकरी गर्न भ्याउँछन् । सामान्यत कसैलाई पनि कुनै पनि पार्टी प्रति आश्था हुन सक्छ । तर एउटै व्यक्तिलाई कांग्रेस, माओवादी र राजपा नेपाल प्यारो हुँदैन । तर अंगदको हकमा फरक छ । यिनी आफ्नो स्वार्थ पूरा गर्न धेरै नेता र पार्टीको चाकरीमा हाजिर हुन्छन् ।
भारतले गरेको नाकाबन्दीको विरोध गर्ने नेकपा एमाले र उसका नेताहरु भने यिनको रोजाइमा छैन जस्तो देखिन्छ ।

विशेष