News

आज माइतीघर मण्डलामा ३ बजे किन जाँने ?

आज माइतीघर मण्डलामा ३ बजे किन जाँने ?

भारतको वैंगलोर शहरमा लंकेस पत्रिकाकी संपादक गौरी लंकेसको हिजो साँझ हत्या भयो । उनी भारतमा बढदो र्धामिक आडमा फस्टाउदो सास्कृतिक फासिवादको कटु आलोचक थिईन । बारम्वार उग्रहिन्दुवादी गुण्डादस्ताको धम्कीको घेरामा रहिन । उनको हत्या फासीवाद विरुद्द लडनेशक्तिलाई कमजोर पार्न गरिएको हो । यो हत्या अन्धश्विास विरोधी तर्कविश्वासी नरेन्द दाभोलकर, विवेकवादी गोविन्द पान्सारे र पूर्व भाइसचान्सलर एवं कन्नड बिद्धान प्रो.डा यम.यम. कलवुर्गीको हत्यापछि भएको चौथो हत्या हो । पाचौँ नंवर कस्को आँउने हो भन्न सकिँदैन् ।

फासिज्म एउटा छुतको रोग हो,त्यो जुनसुकै रुपमा, जुनसुकै राजनीतिक भूगोलमा, जुनसुकै वेला आँउन सक्छ । त्यसको आधार र मलिलोभूमि सिद्दान्तको राजनीतिको अन्त र आवेगको राजनीतिको अभ्यास भएका देशमा बनिसकेका हुन्छन् । यो पुजिंवादको नग्न र हिँश्रक रुप हो । यसका हत्यारा दस्ताहरु कहिले भिड बनाएर, भिडमा घुसेर कहिले गुप्त दस्ता बनाएर प्रगतिशील, बुद्दिजिवी, साहित्यकार,पत्रकार वा एक्टभिष्टिको हत्या गर्दै असहमति र विवेकपूर्ण आवाज बन्द गर्न चाहान्छन् । यो भारतको मात्रै घटना हैन मानवतामाथीको प्रहार हो । विवेक र तर्कपूर्ण ज्ञान र बुद्दिमाथीको आक्रमण हो ।

त्यसैले यस्को प्रतिरोध सडकमा उत्रिएर गर्न आवस्यक छ । जताततै असन्तोष छ तर आन्दोलन भने छैन् । यो प्रतिरोधको समय भएकाले पनि नेपाली सडक पनि संसारमा भएका प्ररिोधी आन्दोलनमा सहभागी हुँन वा चलेका आन्दोलनका हिस्सा हुँन भनेर विश्वका असल मान्छे र आन्दोलनसंग ऐक्यवद्दता जनाउन पनि ३ बजे माईतीघर मण्डेलामा जानु पर्छ ।

विशेष