News

रहेनन् क्यानका पूर्व अध्यक्ष शाह

रहेनन् क्यानका पूर्व अध्यक्ष शाह


काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी जयकुमार नाथ शाहको निधन भएको छ ।

लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा आज निधन भएको अस्पतालले पुष्टि गरेको छ ।एक साताअघि निवासकै बाथरुममा लडेर टाउकोमा चोट लागेपछि उनलाई नर्भिक अस्पताल र्पुयाइएको थियो ।

उपचारकै क्रममा उनको आज बिहान १० बजेर २० मिनेटमा निधन भएको हो । शाहले २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व संहालेका थिए । उनी लगातार ४० वर्ष क्यानको अध्यक्षमा आसिन रहे ।

यसैबीच नेपाल क्रिकेट संघ क्यानले बिज्ञप्ति जारी गरी संघका पूर्व अध्यक्ष तथा एसीसीका पूर्व उपाध्यक्ष शाहको निधनमा शोक प्रकट गरेको छ ।

विशेष