News

आँखा अस्पतालमा बहिरङ भवन शिलान्यास

आँखा अस्पतालमा बहिरङ भवन शिलान्यास

दाङ । राप्ती आँखा अस्पतालमा रु पाँच करोडको लागतमा आधुनिक सुविधा सम्पन्न बहिरङ भवन निर्माण हुने भएको छ । सांसद वुद्धिराम भण्डारी र समाजसेवी दातानारायण आचार्यले बसधबार यहाँ आयोजित कार्यक्रममा भवनको शिलान्यास गरेका हुन ।

कार्यक्रममा समाजसेवी प्रकाश आचार्यले सो भवनका लागि रु पाँच लाख सहयोग गरेका छन् । त्यस्तै सांसद वुद्धिराम भण्डारीले सांसद विकाश कोषबाट रु २० लाख सहयोग उपलल्ध गराउनु भएको छ भने बाँकी रकम अन्य दातृ निकायबाट सहयोग र अस्पतालको कोषबाट व्यहोरिने छ ।

विशेष