विदेश

एसियाबाट विश्वकप खेल्ने चार देशको टुंगो, को–को परे छनोटमा

एसियाबाट विश्वकप खेल्ने चार देशको टुंगो, को–को परे छनोटमा


काठमाडौं । एसियाबाट सन् २०१८ रुसमा हुने विश्कप खेल्ने देशहरुको टुंगो लागेको छ ।

एसियाली क्षेत्रको छनोटअन्तर्गत मंगलबार राति भएका खेलमा विजयी हुँदै दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरेपछि । एसियाली राष्ट्रहरुको टुंगो लोको हो ।

यसअघि इरान र जापानले विश्वकपमा स्थान बनाइसकेका थिए । एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ए को खेलमा मंगलबार राति उज्वेकिस्तानसँग गोलरहित बराबरी खेल्दै दक्षिण कोरिया विश्वकपका लागि छानिएको हो ।

समूह ‘बी’ मा रहेको साउदी अरेबियाले जापानलाई १–० ले हराएर विश्वकपमा स्थान पक्का र्गयो । साउदी अरेबियाको १० खेलबाट १९ अंक भएको छ । जापानको २० अंक छ । साउदी अरेबिया पाँचौं पटक विश्वकपका लागि छनोट भएको हो । एसियाली क्षेत्रका अन्य छनोट खेलमा ईरानले सिरियासँग २–२ गोलको बराबरी खेल्यो ।

अर्को खेलमा अस्ट्रेलियाले थाइल्याण्डलाई २–१ ले हरायो । अस्ट्रेलिया र सिरिया एसिया क्षेत्रको प्लेअफका लागि छानिएका छन् । दुई लेगमा हुने उक्त खेलको विजेताले विश्वकप छनोटका लागि अर्को क्षेत्रको टोलीसँग अन्तिम प्ले अफ् खेल्नेछ ।

रुसमा अर्को वर्ष हुने विश्वकपका लागि अहिलेसम्म कुल ८ राष्ट्र छनोट भईसकेका छन् । यसमा साउदी अरेबिया, दक्षिण कोरिया, इरान, जापान, रुस, बेल्जियम, ब्राजिल र मेक्सिको रहेका छन् । 

विशेष