वरिष्ठ महिला पत्रकार गौरीको गोली हानी हत्या

वरिष्ठ महिला पत्रकार गौरीको गोली हानी हत्या


काठमाडौं । भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ ।

दक्षिणपन्थी विचारधाराकी आलोचक गौरीको बैंङ्लोरमा गोली हानी हत्या भएको हो ।

५५ वर्षीया गौरी मंगलबार साँझ आफ्नो घरतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मोटरसाइकलमा आएका व्यक्तिले उनको टाउको र छातीमा गोली हानेर हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘लंकेश’ पत्रिकाको सञ्चालिका रहेकी उनी ४० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी थिइन् । चलचित्र निर्माता गौरीका पिता पी लंकेशले सन् १९८० देखि ‘लंकेश’ पत्रिकाको प्रकाशन शुरु गरेका थिए ।

संम्बधित खबर

विशेष