News

भक्तपुरको क्याफेमा एकाबिहानै घुसको बार्गेनिङ

शाखा अधिकृतसहित तीन जना पाँच लाख रुपैयाँसहित पक्राउ

भक्तपुरको क्याफेमा एकाबिहानै घुसको बार्गेनिङ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा शाखा अधिकृतसहित तीन कर्मचारीलाई आज बिहीबार विहान पक्राउ गरेको छ । अख्तियारले नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई पाँच लाख रुपैयाँ घुससहित भक्तपुरबाट पक्राउ गरेको हो । 

अख्तियारका अनुसार, भक्तपुर सल्लाघारीको एक क्याफेमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । ट्याक्सीको मिटर जडान गर्ने विषयमा नापतौलका कर्मचारीले घुस मागेको सूचना पाएपछि अख्तियारको टोली क्याफे पुगेको थियो ।

पक्राउ परेका तीनै जनालाई अख्तियारको हिरासतमा राखी अनुसन्धान थालिएको छ ।

 

विशेष