विदेश

जेलमा यस्तो छ बाबा राम रहिमको अवस्था

जेलमा यस्तो छ बाबा राम रहिमको अवस्था

एजेन्सी । साथ्वी यौन शोषणको मामलामा २० वर्षको सजाय भोग्दै रहेका गुरमीत राम रहीम जेलमा बसेको १० दिन भइसकेको छ । २५ अगस्टमा उनलाई दोषी करार दिइएका थियो । त्यसपछि उनी सुनारियां जेलमा बन्द रहेका छन् । उनी अहिलेसम्म कोही पनि पाहुनासँग भेट्न सकेका छैनन् ।

उनले १० जना व्यक्तिलाई भेट्ने इच्छा व्यक्त गरेका छन् । तर, पुलिस भेरिफीकेसन चलिरहेकाले गर्दा अहिलेसम्म उनलाई कसैले पनि भेट्न दिइएको छैन ।
गुरमीत राम रहिम जुन दिन सुनारिया जेल पुगेका थिए । त्यसै दिनबाट उनको जेल अकाउन्टमा १८ हजार रुपैयाँ जम्मा गरिएको छ । गुरमीत त्यही पैसाबाट जेलको क्यान्टिनबाट फलफूल र जुस खाँदै आएका छन् ।

सुरक्षाका कारण्ले बाबा राम महिमलाई अहिलेसम्म केही पनि काम गर्न दिइएको छैन । उनी जेलमा भएर अन्य कैदीलाई पनि अप्ठ्यारो परेको छ । उनकै कारण अन्य कैदीलाई पनि बाहिर निस्किन दिइएको छैन ।

Baba Ram Rahim

विशेष