‘छक्का पञ्जा २’ को सुटिङको क्रममा माग्ने बुढाले रक्सी खाएर दिपकलाई थर्काएपछि

‘छक्का पञ्जा २’ को सुटिङको क्रममा माग्ने बुढाले रक्सी खाएर दिपकलाई थर्काएपछि

काठमाडौं । यही असोज ११ गते रिलिज हुन गइरहेको फिल्म ‘छक्का पञ्जा २’ को ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरलाई अहिलेसम्म पाँच लाख भन्दा बढि पटक हेरिएको छ ।

एक अन्तर्वार्तामा फिल्म सुटिङका रमाइला किस्सा सुनाउँदै माग्ने बुढा(केदार घिमिरे)ले रातमा मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको दिपकले बताए । सुटिङ अवधिभर को बढि रमाइलो थियो भन्ने पत्रकारको प्रश्नमा जितु नेपालले र दिपकराज गिरीले भने, ‘विहान र दिउँसो हामी रमाइलो, बेलुकी भएपछि ऊ(माग्ने बुढो) रमाइलो ।’
कारण, केदारले दिउँसो आफूले औषधी सेवन गरेको हुँदा कसैसँग त्यति बोल्न मन नलाग्ने बताए । यो कुरालाई काट्दै जितुले व्यंग्यात्मक शैलीमा थपे, ‘बेलुका भएपछि अर्को औषधीको रमाइलो ।’

रक्सी खाएको तालमा एकदिन माग्नेले जोशिदैँ दिपकलाई थर्काउँछु भनेर फोन गरेछन् । तर, फोन उठाएपछि भने नरम शैलीमा कुरा गरेको दिपकले बताए ।

संम्बधित खबर

विशेष