News

भ्रष्टाचारविरुद्धको आन्दोलनमा जोड

भ्रष्टाचारविरुद्धको आन्दोलनमा जोड

इनरुवा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अगाडि बढाउनका लागि सुशासन आवश्यक रहेको बताए ।

सुनसरी सदरमुकाम इनरुवामा आज ‘राष्ट्रिय उराँव करम महोत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सुशासन कायम गर्नका लागि विकृति, विसंगति र भ्रष्टाचारलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । नेता पौडेलले भने, “विगतमा राजाविरुद्ध, राणाविरुद्ध र शासकविरुद्धको आन्दोलन भएकामा अब भ्रष्टाचारविरुद्धको आन्दोलन आवश्यक छ । ”

उनले देश विकासका लागि सबै जातजाति, भाषाभाषी र वर्गको कलासंस्कृतिको संरक्षण तथा सबै धर्म र संस्कृतिको सम्मान र विकासमा जोड दिए । करम महोत्सव संयोजक सूर्यदेव दास उरावँको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका जिल्ला सभापति राजीव कोइरालाले करम महोत्सवका अवसरमा एक दिन सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरेका थिए ।

विशेष