News

खानेपानी संस्थानद्वारा चार करोड महसुल संकलन

खानेपानी संस्थानद्वारा चार करोड महसुल संकलन

विराटनगर । नेपाल खानेपानी संस्थान विराटनगरले गत आर्थिक वर्षमा करिब रु चार करोड राजश्व संकलन गरेको छ ।

संस्थानले करिब रु एक करोड महसुल असुल गर्न बाँकी छ । नगरका एक हजार २५० वटा ग्राहकबाट सो बराबरको खानेपानीको महसुल संकलन गरिएको कार्यालय प्रमुख शैलेन्द्रकुमार साहले जानकारी दिए ।

उक्त शाखाको १४ वटा सार्वजनिक धाराका साथै १६३ वटा सरकारी कार्यालय ग्राहक छन् भने निजी ग्राहकको सङ्ख्या एक हजार ७३ रहेको छ । कतिपय सरकारी कार्यालयका साथै निजी ग्राहकबाट पुरानो महसुल असुल गर्नुपर्ने कार्यालयले जनाएको छ ।

विशेष