तीन दिन भित्र आफ्नो देश छाड्न उत्तर कोरियाली राजदूतलाई मेक्सिकोको आदेश
काठमाडौं । मेक्सिकोले उत्तर कोरियाली राजदूत किम ह्योङ गिललाई ३ दिनभित्र मुलुक छोड्न आदेश दिएको छ ।
मेक्सिकोको विदेश मन्त्रालयले उत्तर कोरियाले गत आइतबार गरेको हाइट्रोजन बम सहितको परमाणु परिक्षणको विरोध गर्दै सो कदम चालेको जनाएको छ । उत्तर कोरियाले गरेको सो परिक्षण अन्तर्राष्ट्रिय कानुन बिपरीत भएकोले आफुलाइ अस्वीकार्य भएको मेक्सिकोको भनाइ छ ।
उत्तर कोरियाको कदमले साझेदार जापान र दक्षिण कोरियालाई जोखिममा पारेको भन्दै मेक्सिकोले आफु उत्तर कोरियाको पक्षमा उभिन नसक्ने प्रष्ट पारेको छ । मेक्सिकोको कदमबारे उत्तर कोरियाको प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।