विदेश

यसरी मिडियालाई छल्दै स्कुल भर्ना भए बेलायती राजकुमार जर्ज

यसरी मिडियालाई छल्दै स्कुल भर्ना भए बेलायती राजकुमार जर्ज


बेलायतका राजकुमार जर्जको विद्यालय यात्रा बिहीबार चार बर्षे उमेरमा सुरु भएको छ । बुबा विलियमले हातले डोर्याएर राजकुमार जर्जलाई थोमस बाटरसेअ स्कुलमा लगेका थिए । प्रारम्भिक तहको सो विद्यालय दक्षिणपश्चिमी लण्डनमा रहेको छ ।

राजकुमार जर्जकी आमा राजकुमारी क्याथेरिन भने उनलाई विद्यालय पुर्याउने बेलामा सँगै जान सकिनन् । राजकुमारी क्याथेरिन तेस्रो बच्चा जन्माउनका लागि गर्भवती भएकाले केही दिनदेखि आराम गरिरहेको केन्सीङटन दरबारले जनाएको छ ।

स्थानीय संचार माध्यमहरुले राजकुमार जर्ज विद्यालय समय भरी विद्यालयको पोशाकमै रहने जनाएका छन् । विद्यालय पोशाकको रुपमा रहेको गाढा निलो सर्ट र ज्याकेट, रातो लामो मोजा र कालो जुत्ता उनले लगाउने भएका छन् ।

उनले पढ्ने कक्षाकोठमा उनीसँगै अरु २० जना छात्रहरु पनि रहने भएका छन् । उनको डेस्क लगायतका सामान उनकै नाममा हुनेछ । विद्यालयका प्राधानाध्यापक बेन थोमसले राजदरबारका परिवारलाई विद्यालयमा कुनै खास र छुट्टै सेवा सुविधा र व्यवहार नहुने स्पष्ट पारे । तर अन्य छात्रहरूलाई झै उनलाई पनि शैक्षिक क्रियाकलापमा अत्यधिक सहभागीताका लागि धेरै योजना भने बनाइएको उनले बताए ।

राजकुमार जर्ज जब विद्यालयमा प्रवेश गर्दा, एक जना फोटोग्राफर र एक जना क्यामेराम्यानले मात्रै फोटो र भिडियो खिचेका थिए । राजकुमार विलियमले आफ्नो छोराको गोपनीयताको ख्याल गरिदिन संचारकर्मीहरूलाई आग्रह गरेको बताइएको छ ।

झण्डै तीन दशक अगाडी राजकुमार विलियम पहिलो पटक विद्यालय जाँदा धेरै संचार माध्यमहरूले त्यो क्षणको फोटो तथा भिडियो खिचेका थिए ।

विशेष