News

नेपाली सेनाद्वारा सडक मर्मतः निर्वाचन तथा दशैंलाई लक्षित गरि प्रेस नोट जारी

नेपाली सेनाद्वारा सडक मर्मतः निर्वाचन तथा दशैंलाई लक्षित गरि प्रेस नोट जारी

काठमाडाैं । शुक्रबार श्री जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा सडक मर्मतको लागि प्रेस नोट जारी गरिएको छ । विभिन्न स्थानका क्षतीग्रस्त सडकले आवत जावत भैरहेका गाडीहरु तथा सर्वसाधारणलाई समयमै ठाउँसम्म पुग्न गाह्रो भएकोले र निर्वाचन तथा दशैंलाई लक्षित गरि सडक मर्मत गर्न प्रेस नोट निकालिएको हो ।

गत श्रावण महिनामा परेको अविरल वर्षाको कारण आएको वाढीले क्षतिग्रस्त सडक, कलभर्ट तथा बाटोहरु मर्मत गरी आगामी असोज २ गते प्रदेश नं. २ मा हुन गईरहेको तेस्रो चरणको निर्वाचनको क्रममा सर्वसाधारण जनताहरुलाई मतदान केन्द्रहरुसम्म पूग्ने पहुँच मार्ग तथा सडकहरु सुचारु गर्न स्थानीय निकायहरुसँगको सहकार्यमा नेपाली सेनाले मर्मत गर्ने कार्य तिव्रताका साथ गरी रहेका छन् ।

नेपाली सेनाबाट खटिएका सैनिक टोलीहरुले सप्तरी जिल्लाको राजविराज स्थित डुम्री–राजदेवी तथा विरौल–डुम्री–शिवथान–देउरी सडक खण्डका विभिन्न स्थानका क्षतीग्रस्त सडकमा परेका ठूला ठूला खाल्टाहरुमा माटो तथा गिट्टी भरी सवारी साधन सुचारु गराउनुको साथै, सोही जिल्लाको भारदह–पोर्ताह–मयनकडरी–बग्धुवा सडक खण्डमा बाढीद्वारा कटान भएको सडक मर्मतको कार्य गरेको छ ।

सोही सडक खण्डको हनुमाननगर कंकालिनी ईलाकामा २८ मिटर कटान भई ६ फिट गहिरो खाल्डो परी पूर्ण क्षती भएको सडकमा माटो तथा गिट्टी भरी मर्मत कार्य सम्पन्न गरेको र सोही क्रममा सिराह जिल्लाको सिराह न.पा. ९ गुलेरिया, विष्णुपुर, राजपुर, गोलबजार बेतुना गुर्धाम र भगवानपुर ईलाकाको क्षतीग्रस्त सडक खण्डमा बालुवा तथा माटो भर्ने कार्य सम्पन्न गरी उक्त जिल्लाहरुको मतदान केन्द्रहरुसम्म आवत जावत सहज बनाउन मद्धत गरेको छ ।

यसै क्रममा शुक्रबार भाद्र २३ गते श्री पूर्वी पृतनापति उपरथी श्री गौरव तण्डुलले उल्लेखित सिराह तथा सप्तरी जिल्लामा भई रहेको सडक तथा पहुँच मार्ग मर्मतको प्रगतिको निरीक्षण गरेका छन् ।

यसैगरी नेपाली सेनाबाट खटिएका सैनिक टोलीहरुले बारा जिल्लाको कलैया उपमहानगरपालिका १६, १७, २३ र ब्रन्हपुरी ईलाकामा क्षतीग्रस्त ३ कि.मि. कच्चि सडक खण्डमा माटो तथा ढुंगा भरी गरि मतदान स्थलसम्म जाने बाटो मर्मत गरी यातायात सुचारु गर्नुको साथै, पर्सा जिल्लाको मसिहानी, लक्ष्मीपुर, पसैनी, जगन्नाथपुर, श्रीपुर तथा रंगपुर ईलाकामा बाढीले क्षती पुर्याएको कच्ची सडक मर्मत गरिएकाे छ । साथै, रौतहट जिल्लाको राजपुर न.पा. २ फतुवा महेशपुर ईलाकाको २१५ मिटर कच्ची सडक खण्डमा माटो भरी सडक सुचारु गराएको छ ।

सोही क्रममा धनुषा जिल्लाको मिथिला विहार न.पा.५ ईलाकाको क्षतीग्रस्त सडकमा माटो तथा गिट्टी भर्नुको साथै, सोही जिल्लाको महोत्तरी न.पा.२ स्थित अनौठा ईलाकाको कच्ची सडकमा माटो भरी कल्र्भट मर्मत कार्य गरेको र सर्लाही जिल्लाको मलंगवा न.पा. भाटसर, खुटौना ईलाकामा क्षतीग्रस्त बाटो मर्मत गर्नुको साथै सोही जिल्लाको बलरा बजार र भन्सारटोल इलाकाको १ कि.मि. कच्ची बाटोमा ग्राभेल गरि सवारी साधन आवत जावत सुचारु गराएको छ ।

उल्लेखित सडकहरु मर्मत कार्यको लागि लोडर, डोजर, ट्रक, ट्रयाक्टर लगायत अन्य साना हाते औजारहरु समेत प्रगोग गरिएको छ ।

विशेष