News

भारतमा कार र ट्यांकर ठोक्किँदा ७ नेपालीसहित आठको मृत्यु

भारतमा कार र ट्यांकर ठोक्किँदा ७ नेपालीसहित आठको मृत्यु

भैरहवा । भारतको पुरन्दरपुर क्षेत्रको देउपुरमा कार र ट्यांकर ठोक्किँदा सात जना नेपालीसहित आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार पुरुष, एक महिला र दुई बच्चाको मृत्यु भएको हो । गोरखपुरबाट सुनौली आउँदै गरेको कार र नौतनवाबाट गोरखपुर जाँदै गरेको ट्यांकर आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

पुरन्दपुर थानाका इन्चार्ज सब इन्सपेक्टर ग्रिजेश उपाध्यायले मृतकको सनाखत हुन बाँकी रहेको बताए । दुर्घटनामा सीमावर्ती भारतीय बजार जुगौलीका प्रकाशको पनि मृत्यु भएको छ । दुर्घटनास्थल नेपाली सीमाबाट करिब ३५ किलोमिटर टाढा पर्दछ ।

विशेष