News

बाल यौन दुराचारी अष्ट्रियाका नागरिक यसरी परे प्रहरीको फन्दामा

बाल यौन दुराचारी अष्ट्रियाका नागरिक यसरी परे प्रहरीको फन्दामा

काठमाडौं । बाल यौन दुराचार गरेको आरोपमा एक अष्ट्रियाका नागरिक प्रहरीको फन्दामा परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले अष्ट्रियाका नागरिक केन्दलर मार्कुसलाई गत बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । उक्त नागरिकको कोठाबाट एक बालकको पनि सकुसल उद्दार गरिएको छ ।

उनले उक्त बालकलाई उपत्यका बाहिरबाट ल्याएको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई बाल यौन दुराचार र मानव बेचविखन तथा ओसार पसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ ।

विशेष