News

नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दियो

नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दियो

काठमाडौं । नवनियुक्त सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट सवार झण्डावाल गाडीको ठक्करबाट नयाँ बानेश्वरमा दुई जना घाइते भएका छन् । उनी सवार बा१झ ७१६३ नम्बरको झण्डावाल गाडीको ठक्करबाट बा४८प ९२५० नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् । 

सो घटनालगत्तै सर्वसाधारणले झण्डावाल गाडीलाई रोकेपछि राज्यमन्त्री विष्टलाई प्रहरीले उद्धार गरी भगाउन सफल भएको थियो । राज्यमन्त्री विष्टले आफ्नो गाडीमा माटरसाइकल ठोक्किएको र त्यहाँ बसिराख्न सम्भव नभएकाले उद्धार नगरी जानु परेको बाध्यता सुनाए ।

‘म सवार गाडीमा मोटरसाइकल ठोक्किएको हो, त्यहाँ ओर्लिएर उद्दार गर्ने वातावरण थिएन,’ राज्यमन्त्री विष्टले भने, ‘त्यसैले गएको हुँ ।’

विशेष