News

यी हुन् अष्ट्रेलियन बाल यौन दुराचारी, ठमेलबाट समातिए

यी हुन् अष्ट्रेलियन बाल यौन दुराचारी, ठमेलबाट समातिए

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बाल यौन दूराचारको आरोप लागेका अष्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अष्ट्रेलियन नागरिक ४५ वर्षीय केन्डलर मार्कस छन् । उनलाई काठमाडौंको ठमेल, ठैटीस्थित एक होटलबाट पक्राउ गरिएको हो ।

उनीविरुद्ध बाल यौन दूराचार र मानव बेचविखन तथा ओसार पसार मुद्दाअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । सीआईबीले उनीसँगै उपत्यका बाहिरबाट यौन दुराचारका लागि काठमाडौं ल्याइएका एक बालकको पनि उद्धार गरेको छ ।

विशेष