News

गायक शरद ढुंगेलको गीतमा अनिल र जेबिकाको रोमान्स

गायक शरद ढुंगेलको गीतमा अनिल र जेबिकाको रोमान्स

काठमाडौं । गायक शरद ढुंगेल आफ्नो पहिलो एल्बम ‘प्रतिध्वनी’बाट चर्चा बटुलेका छन् । एल्मबमा समावेश गीत ‘वचनमा राखौंकी नजरमा राखौं’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएपछि उनको गायकीको चौतर्फी चर्चा सुरु भएको छ ।

गायिका मेलिना राईले गायक ढुंगेललाई स्वरमा साथ दिएको भिडियोमा अनिल र जेबिकाको अभिनय देख्न सकिन्छ । सुन्दर प्रेम जोडीले प्रेममा परेपछिका रोमान्टिक पलहरु भिडियोमा देख्न सकिन्छ ।

प्रेम जोडीले मायालु शैलीमा व्यक्त गरेको भावनालाई अनिल र जेविका न्याय गर्न सफल देखिएका छन् । हेमन्त ढुंगेलका शब्द सिर्जनामा तयार गीतमा अशोक थापाले संगीत भरेका छन् । भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने एल्बममा समावेश सबै गीतमा हेमन्त ढुंगेलको शब्द रहेको छ । पाँचबटा गीत रहेको एल्बमका दुईटा गीतको भिडियो तयार भएको छ ।

 

विशेष