विदेश

चीनले सोध्यो भारतका प्रधानसेनापतिको भनाई भारतको आधिकारिक हो कि होइन भनेर

चीनले सोध्यो भारतका प्रधानसेनापतिको भनाई भारतको आधिकारिक हो कि होइन भनेर

काठमाडौं । चीन र पाकिस्तान दुवैतिर एकै पटक लड्न तयार रहनुपर्ने भारतीय सेनापति विपिन रावतको भनाइपछि चीनले भारतलाई त्यो उसको आधिकारिक धारणा हो कि होइन भनेर सोधेको छ ।

दोक्लमको ७३ दिन लामो सैन्य विवाद शान्तिपूर्ण तरिकाले समाधान भए पनि दुवै देशका अधिकारीबीच आरोपप्रत्यारोप भने कम हुने छाँट देखिएको छैन ।
सेन्टर फर ल्याण्ड वारफेयर स्टडिजले दिल्लीमा आयोजना गरेको सेमिनारमा बोल्दै जनरल रावतले चीनसँगको द्वन्द्व ठूलो युद्धमा परिणत हुनसक्ने न र त्यहीबेला पाकिस्तानले पनि आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए ।

भारतीय सेनाध्यक्षको यस्तो भनाइ सार्वजनिक भएपछि चीनले त्यसमा चासो व्यक्त गरेको छ । ‘यो भारतको आधिकारिक धारणा हो कि होइन, मलाई थाहा छैन । यस्तो धारणा जर्नेलको व्यक्तिगत हो कि भारतको ?’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले भने, ‘हालैको भेटमा राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीन र भारतले एकअर्कालाई खतराको रुपमा नभइ विकासको मौकाका रुपमा हेर्नुपर्छ भन्नुभएको थियो ।’

विशेष