News

मेयरका उम्मेदवारको घरमा बम विष्फोट

मेयरका उम्मेदवारको घरमा बम विष्फोट


धनुषा । जिल्लाको धनुषाधाम नगरपालिकाका मेयरका उम्मेदवारको घरमा विहिवार बेलुका बम विस्फोट भएको छ ।

धनुषाधाम नगरपालिकाको राप्रपाका मेयरका उम्मेवार प्रक्षा शाह मल्लको घरको कम्पाउण्डमा विस्फोट भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रविन धितालले जानकारी दिए ।

विस्फोटबाट कुनै मानवीय क्षति नभएको र घरको कम्पाउण्डमा विस्फोट भएको प्रहरी इन्स्पेक्टरको कमाण्ड टोली घटनास्थलमा गएको धितालले जानकारी दिए ।
घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

विशेष