News

झण्डावाल गाडी चढेर मत माग्ने मन्त्रीलाई सर्वसाधारणले समातेपछि...

झण्डावाल गाडी चढेर मत माग्ने मन्त्रीलाई सर्वसाधारणले समातेपछि...

बारा । निर्वाचन आचारसंहिताविपरीत मतदातासँग झन्डावाल गाडीमा भोट माग्दै हिँडेका जलस्रोत राज्यमन्त्री अमरसिंह पुनलाई स्थानीयले शुक्रबार नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । जितपुरसिमरा उपमहानगरपालिका–११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर भोट माग्दै हिँडेका मन्त्री सिंहलाई स्थानीयले गाडीसहित नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।

बाढीपीडितको अवस्था बुझ्न भन्दै फत्तेपुर आएका मन्त्रीले गाउँमा भोट माग्दै हिँडेको देखेपछि स्थानीयले नियन्त्रणमा लिएका हुन् । मन्त्रीले नै आचारसंहिता उल्लंघन गरेको भन्दै स्थानीयले नियन्त्रणमा लिएपछि प्रहरीले उद्धार गरेको थियो । आक्रोशित स्थानीयले विरोध जनाएपछि मन्त्री फत्तेपुरबाट जितपुरसिमरा उपमहानगरपालिका–१० खेस्रोल पुगेका थिए । आक्रोशित स्थानीयलाई छलेर खेस्रोल आएका मन्त्रीलाई स्थानीयले घेर्दै नियन्त्रणमा लिएपछि प्रहरी पुगेर उद्धार गरेको हो ।

स्थानीयको नियन्त्रणमा परेका राज्यमन्त्री पुनले गृह मन्त्रालयबाट अनुमति लिएर आफू गाउँ आएको बताएका छन् । स्थानीयले नियन्त्रणमा लिएपछि मन्त्री सिंहले गृह मन्त्रालयसँग अनुमति लिएर आएकाले आफ्नो गल्ती नभएको स्थानीयसँग बताए । मन्त्रीले आफ्नो गल्ती नभएको बताए पनि स्थानीयले भने आचारसंहिता कुनै पक्षबाट पनि उल्लंघन गर्न नमिल्ने भन्दै घेराउ गरेका थिए ।

स्थानीयले घेराउ गरेको सूचना पाएपछि प्रहरीले मन्त्री पुनको उद्धार गरेको हो । आक्रोशित स्थानीयबाट मन्त्रीलाई उद्धार गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले भने बल प्रयोग नगरी स्थानीयले घेराउ गरेकै अवस्थामा मन्त्रीलाई उद्धार गरेको प्रस्टीकरण दिएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले स्थानीयले विरोध जनाउन थालेपछि मन्त्रीको उद्धार गरेको बताएका छन् । दिएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले स्थानीयले विरोध जनाउन थालेपछि मन्त्रीको उद्धार गरेको बताएका छन् ।

विशेष