News

अंगद सिंहलाई रिझाउन काठमाडौं प्रहरीद्वारा निर्दाेषलाई यातना

जबर्जस्ती दस्तखत गर्न लगाएको खुलासा

अंगद सिंहलाई रिझाउन काठमाडौं प्रहरीद्वारा निर्दाेषलाई यातना

काठमाडौं । स्टेपिङ स्टोन नाम गरेको स्कुलका सञ्चालक अंगद सिंहको उजुरीमा पक्राउ गरिएका २६ वर्षीय हर्सिम्रन जीत सिंह नामक इन्जिनियरलाई प्रहरीले सार्वजनिक अपराधमा जबर्जस्ती दस्तखत गर्न लगाएको खुलेको छ । साइबर अपराधअन्तर्गत प्रहरीले पक्राउ गरेको भएपनि पुष्टि हुन नसकेपछि उनीमाथि प्रहरीले सार्वजनिक अपराधको अभियोग लगाएको हो । 

हर्सिम्रन नामक व्यक्तिले अंगदकी पत्नीले ६ महिनामा सन्तान जन्माएको विषय फेसबुकमा लेखेको भन्दै अंगदले प्रहरीमा उजुरी दिएका थिए । उनको सो उजुरीपछि हर्सिम्रनलाई गत सोमबार पक्राउ गरेर अहिलेसम्म हिरासतमा राखिएको छ ।

ललितपुरको ढोलाहिटीमा बस्ने हर्सिम्रनलाई सोमबार राति १२ बजे चापागाउँ प्रहरी वृत्तले पक्राउ गरेको थियो । वृत्तका डीएसपी आभूषण तिम्सिनाले पक्रेर बुझाउनु भन्ने आदेश आएपछि पक्राउ गरिएको बताए । ‘साइबर अपराध गरेको भनेर हामीलाई समात्न आदेश आएको थियो । हामीले समातेर तुरुन्तै बुझाएका हौं,’ उनले भने ।

पक्राउ परेका सिंह निकटहरुका अनुसार सोमबार राति १२ बजे प्रहरीले समातेर अंगद सिंहको गाडीमा लगेको थियो । तर डिएसपी तिम्सिनाले कुन गाडीमा लगियो आपूmलाई थाहा नभएको बताए ।

प्रहरीले म्याद थप गराउँदै हर्सिम्रनलाई हिरासतमा राखेको छ । साइबर अपराध गरेको प्रमाण फेला नपरेपछि हर्सिम्रनलाई मुक्त गर्नु पर्ने थियो । तर अंगद सिंहको प्रभावमा परेको नेपाल प्रहरी प्रशासनले उनलाई दुःख दिन सार्वजनिक अपराधको मुद्धा दर्ता गरेको थियो ।

कुनै समय अंगदको स्टेपिङ स्टोन नामक प्रि स्कुलमा प्रचण्ड पुत्र प्रकाशका कान्छा छोरा पढ्ने गर्थे । त्यो विषयलाई अंगदले खुबै प्रचार गरे । अहिले पनि अंगदले वरिष्ठ नेताहरुसँग आफ्नो नजिककको सम्बन्ध रहेको प्रमाणित गराउन फेसबुकमा तस्बीरहरु राखेर प्रचार गर्ने गर्छन् ।

 

                                                                                           र याे पनि

                                                     रिस फेर्न नेताको पावर र प्रहरी संगठनको दुरुपयोग गरेर कोचियो जेल

                                             प्रचण्डको परिवारमा ‘सुरक्षा थ्रेट’ सिर्जना गर्ने संदीग्ध अंगद सिंहको दोहोरो नागरिकता

                                                            प्रकाश दाहाल भन्छन्, 'मलार्इ बाेर्डिङ सञ्चालकले झुक्यायाे'

विशेष