News

दशैंको लागि अग्रिम टिकट बुकिङ भाद्र २७ देखि

दशैंको लागि अग्रिम टिकट बुकिङ भाद्र २७ देखि

दशैंको लागि उपत्यका बाहिर जाने लामो दुरीका बसको अग्रिम टिकट बुकिङ भाद्र २७ गतेबाट खुल्ला हुने भएको छ ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायी शनिबार भएको छलफलपछि २७ गते देखि अग्रिम टिकट खुल्ला गर्ने सहमति भएको हो । बैठकमा यात्रुले लान पाउने सामान तथा बाटोको अबस्थामा बिषयमा पनि छलफल भएको थियो ।

यसअघि यातायात व्यबसायीले भाडा बढाउन र छतमा यात्रु राख्न पाउनुपर्ने माग गर्दै टिकट बुकिङ गर्न आनाकानी गर्दै आएपछि बिभागले इजाजत रद्दसम्म गरिदिने चेतावनी दिएको थियो ।

यातायात व्यबस्था बिभाग महानिर्देशक रुपनारायण भट्टराइले बिभागले तोकेको सिमाभित्रै रहेर यातायात व्यवसायी अग्रिम टिकट खुल्ला गर्न सहमत भएको जानकारी दिए । उनले नारायणघाट मुग्लीन सडकखण्ड पनि २८ गतेदेखि २४ घण्टानै खुल्ने जानकारी दिएका छन् ।

यातायात व्यबस्था बिभागले शुक्रबारदेखि १० वटा अनुगमन टोली खटाएको छ । टोलीले बढी भाडा लिए, सिटभन्दा बढी यात्रु राखे, गाडीको मोडल परिवर्तन गरेर चलाए र रुट इजाजत नलिइ चलाएको भेटिए कानुन अनुसार ५ हजार जरिवानादेखि इजाजत रद्दसम्म गरिदिने चेतावनी दिइसकेको छ ।

dashain pre-booking

विशेष