News

विश्व पर्यटन दिवसका अवसरमा नाट्टाको प्रवद्र्धनात्मक कार्यक्रम

विश्व पर्यटन दिवसका अवसरमा नाट्टाको प्रवद्र्धनात्मक कार्यक्रम

काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० ले आज साइकल र्याली तथा फुटसल प्रतियोगिताको आयोजना गर्यो ।

एक सय साइकलयात्री सहभागी र्याली नक्सालस्थित नाट्टाको कार्यालयबाट शुरु भई महाराजगञ्ज, बूढानीलकण्ठ पुगेर केहीबेर मन्दिर सरसफाइ गरेको थियो । त्यहाँबाट फर्किएर धूम्रबाराही, बाफलबोट हुँदै हाँडीगाउँस्थित धनन्तरी फुटसल स्थलमा पुगेर समाहित भएको थियो ।

दिवसकै अवसरमा नाट्टाले आगामी सोमबार कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिने जनाएको छ । विश्व पर्यटन दिवसका अवसरमा विगतका वर्ष झैँ यस वर्ष पनि विविध कार्यक्रम आयोजना गरिएको नाट्टाका अध्यक्ष मधुसुधन आचार्यले बताए ।

दिवसका अवसरमा हुने पर्यटकीय गतिविधिले नेपालको पर्यटन प्रवद्र्धनार्थ सहयोग पुग्ने उनको बुझाइ छ । अध्यक्ष आचार्यका अनुसार पर्यटन प्रवद्र्धनकै सिलसिलामा संस्थाले आगामी मंसिरको पहिलो साता नेपालमा अन्तर्राष्ट्रियस्तरको ट्राभल सम्मेलन आयोजना गर्दैछ, जहाँ १२० देशका व्यवसायी प्रतिनिधिको सहभागिता रहनेछ ।

विशेष